बढ्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं ।खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले ग्याँसको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो । यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।

निगमका अनुसार बुधबार इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य क्रमशः रु ४.५३ र रु. २.३२ ले बढेर भएको थियो । यसैगरी एलपी ग्यासको मूल्य पनि प्रति सिलिन्डर १५ रुपैयाँ ७८ पैसा बढेर आएको थियो ।

सोहीअनुसार निगम सञ्चालक समितिको बैठकले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल र डिजेल तथा मट्टितेलमा क्रमशः ४ र २ रुपैयाँ बढाउने निर्णय गरेको छ । यस्तै ग्यासको मूल्य पनि १५ रुपैयाँ बढाएर समायोजन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्