कांग्रेस सभापति शेर्पा भन्छन्-‘निर्बाचन प्रक्रिया अघि बढ्छ’
सोलुखुम्बु।महासमिति सदस्य चयनका गर्ने भनिएको नेपाली कांग्रेस सोलुखुम्बुको निर्बाचन अवरुद्द बनेको छ।निर्बाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन बुधबार निर्बाचन समितिका संयोजक अधिबक्ता बिदुर लामिछानेले राजीनामा दिएसंगै निर्बाचनसंँग सम्बन्धित सम्पूर्ण प्रक्रिया नै अवरुद्ध हुन पुगेको हो।

राजीनामा दिनु दिन अघि लामिछाने संयोजकत्वको निर्बाचन समितिले माघ १९ गते निर्बाचनको मिति तोक्दै आज (बुधबार) उम्मेदवारी मनोनयन दर्ताको मिति तोकेको थियो।तर हठात रूपमा निर्बाचन समितिका संयोजक लामिछानेले राजीनामा दिएपछि अनेकौं आशंका उत्पन्न भएका छन्।
निर्बाचनको मिति समेत तोकेर उम्मेदवारी दर्ताको तयारी गरिसकेपछि निर्बाचन संयोजकले राजीनामा दिनुको कारण रहर भन्दा पनि बाध्यता भएको एकथरीको बुझाई छ।लामिछानेले भने संस्थापन इतर समूहका भनेर चिनिंदै आएका सचिबद्वय युवराज घिमिरे र भलाकाजी राईले निर्बाचनको निष्पक्षतामा प्रश्न उठाउंदै पत्र लेखेपछी आफुले राजीनामा दिएको बताउन थालेका छन्। तर जिल्ला पार्टी सभापति नाम्गेल जाङ्बु शेर्पा नेतृत्वको संस्थापन समूहलाई असफल भएको देखाउने प्रयासस्वरुप संस्थापन इतर समूहले ठुलै दबाब दिएर निर्बाचन समिति संयोजक लामिछानेलाई राजीनामा गर्न बाध्य बनाएको संस्थापन पक्षको आरोप छ।संस्थापन इतर समूहमा केन्द्रीय सदस्य बलबहादुर केसी र उनी पक्षीय नेताहरु छन्।
सहमतीय प्रयासबाट महासमिति सदस्य चयनको विकल्प खुलै राखेर निर्बाचन प्रक्रिया पनि अघि बढाइएको अवस्थामा हलो अड्काएर गोरु चुट्ने प्रयास गरिनु दु:खद भएको सभापति नाम्गेल जाङ्बु शेर्पाको टिप्पणी छ।निर्बाचन समिति संयोजकले दिएको राजीनामा स्वीकृत गरिएको जानकारी दिंदै सभापति शेर्पाले निर्बाचन प्रक्रियालाई अगाडि बढाइने बताए।
कि सहमति गर्नुपर्यो कि त क्षेत्रीय प्रतिनिधिहरुको विवेक माथि बिश्वास गर्नुपर्यो ।उहाँहरु यी दुबै कुराबाट भाग्न खोजिरहनु भएको छ,तर सहमति नहुंँदा निर्बाचनको विकल्प छैन,सभापति शेर्पाले रहस्य खबरसंग भने।file foto

