हृदयघातका कारण न्यायाधीश मरासिनीको निधन
काठमाडौं।पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयाघातबाट निधन भएको छ।

मंगलबार बिहान ९ बजेतिर एक्कासि स्वास्थयमा समस्यादेखिपछि उनलाई अस्पताल पुर्याइएको थियो।अस्पतालले बिहान १० बजे मरासिनीलाई मृत घोषित गरेको थियो।न्यायाधीश मरासिनीको शव कलंकीको नेसनल अस्पतालमा राखिएको छ।
जिल्ला अदालतको न्यायाधीशबाट भरखरै बढुवा भएका ५६ वर्षीय मरासिनी सरुवा भएर दुई दिन अघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए।

