प्रतिनिधिसभा सदस्य राईले गरे नेचासल्यानमा भेटघाट तथा अन्तरक्रिया
सोलुखुम्बु।प्रतिनिधिसभा सदस्य मानबीर राईले नेचासल्यानबासीहरुसंग भेटघाट तथा अन्तरक्रिया गरेका छन्।

प्रतिनिधिसभा सदस्यमा निर्बाचित भएपछि पहिलो पटक नेचासल्यान पुगेका राई सोमबारमात्रै स्थानीय स्तरमा आयोजित आधा दर्जन भन्दा बढी कार्यक्रममा सहभागी भएको नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटी अध्यक्ष जगनाथ बास्तोलाले रहस्य खबरलाई जानकारी दिए।बास्तोला देवाली गुठीबाट सुरु भएको प्रतिनिधि सभा सदस्य राईको आजको कार्यक्रम बेतघारी स्वास्थ्य चौकीको निरीक्षणपछि सम्पन्न भएको उनले बताए।
नेचासल्यान-४ स्थित बास्तोला देवाली गुठीस्थलमा आयोजित कार्यक्रममा राईले जग्गादाता खडानन्द बास्तोला र उनकी पत्नी मेनका बास्तोलालाई प्रमाणपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरेका थिए।गुठीका अध्यक्ष तथा नेचासल्यान-४ का वडा सदस्य बिष्णुप्रसाद बास्तोलाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सोलुखुम्बु प्रदेश ‘क’ का सांसद गोम्बु शेर्पा ‘कर्ज्याङ’,गाउँपालिका अध्यक्ष धन्जन राई,पूर्ब गाउँपालिका अध्यक्ष एबम् नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोला,वडा नं-३ का वडाध्यक्ष सीताराम भट्टराई र ४ का वडाध्यक्ष इन्द्रबहादुर राई लगायत उपस्थित रहेका थिए।
यसैगरी, राईले केदार माध्यमिक विद्यालय, सिंहदेवी सेवा समाज गुठि र बेतघारी स्वास्थ्य चौकीको निरीक्षण तथा अवलोकन गरेका छन्।यसक्रममा विद्यालयको तर्फबाट प्रधानाध्यापक लेखनाथ कटेल,गुठीको तर्फबाट अध्यक्ष निरकुमार फुयाल र स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुले आ-आफ्ना समस्याबारे ध्यानाकर्षण गराउँदै समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए।
उनी आजै नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटीद्वारा आयोजित भेटघाट तथा अन्तरक्रियामा सहभागी भएको बताईएको छ।गाउँपालिका कमिटी अध्यक्ष जगनाथ बास्तोलाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सडक कालोपत्रे र पूर्ण विद्युतीकरणका लागि पहल गर्न सहभागीहरुले प्रतिनिधिसभा सदस्य राईको ध्यानाकर्षण गराएका थिए।ओखलढुंगा-गैरी-नेचा बिहिबारे सडक र रमिते-बिहिबारे-तुइन्टार सडक तत्काल कालोपत्रे गर्नुपर्ने र तुईन्टार लघु जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युतमा निर्भर वडा नं-३ र ४ को तल्लो क्षेत्रका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका कारण पूर्ण विद्युतीकरण गर्न लाग्नुपर्नेमा अन्तरक्रियाका सहभागीहरुको जोड थियो।
विद्युतीकरणको काम गरिरहेको वाईवा कन्ट्रक्सनले लो टेन्सन पोलको अभावका कारण वडा नं-३ र ४ को तल्लो क्षेत्रमा काम गर्न नसकिने बताउन थालेको गुनासो गर्दै स्थानीयले समस्या समाधानका लागि पहल गरिदिन उनको ध्यानाकर्षण गराएको अध्यक्ष बास्तोलाले बताए।उनका अनुसार कार्यक्रम एमाले जिल्ला कमिटी अध्यक्ष बास्तोला लगायत एमालेका स्थानीय नेताहरुको उपस्थिति रहेको थियो।
शनिबार प्रतिनिधिसभा सदस्य राईले गाउँपालिकाको १ को लेब्लु,सिमखर्क,ख्याम्पू,टारी र २ को पुराना गाउँ लगायतका क्षेत्रमा भेटघाट तथा अन्तरक्रियामा सहभागी भएका प्रतिनिधिसभा सदस्य राईले आइतबार हिमाल दर्शन माबिको ४९ औं बार्षिकोत्सव तथा १६ औं अभिभावक दिवसको उद्घाटन गरेका थिए।शिक्षक अभिभावक संघका अध्यक्ष नानुमाया बास्तोलाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश सभा सदस्य शेर्पा, गाउँपालिका अध्यक्ष राई,पूर्ब गाउँपालिका अध्यक्ष बास्तोला,उपाध्यक्ष बिना राई र स्थानीय राजनीतिक दलका् प्रतिनिधि,शिक्षासेवी,अभिभावक,विद्यार्थी र स्थानीयहरुको उपस्थिति रहेको रहेको थियो।










