नेकपा माओवादी केन्द्र सोलुखुम्बुले बोलायो जिल्ला समन्वय समितिको बैठक
सोलुखुम्बु।नेकपा माओवादी केन्द्र सोलुखुम्बुले जिल्ला समन्वय समितिको पाँचौ पूर्ण बैठक बोलाएको छ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), १ नं. प्रदेश समितिको छैठौं पूर्ण बैठकको निर्णय बमोजिम माघ २० गतेका लागि जिल्ला समन्वय समितिको बैठक बोलाइएको संयोजक असिम राईले जानकारी दिनुभयो।
नेकपा माओवादी केन्द्रका कोशी प्रदेश कार्यालय सदस्य सावित्री कुमार काफ्ले (समर)को प्रमुख आतिथ्य र जिल्लाका केन्द्रीय सदस्य तथा गगन पुरीको विशेष आतिथ्यमा सम्पन्न हुने बैठकमा जिल्ला समन्वय समितिका सम्पूर्ण सदस्यहरु सहित जिल्लाबाट प्रदेशमा प्रतिनिधित्व गर्ने सदस्यहरु,केन्द्रीय सल्लाहकार समितिमा प्रतिनिधित्व सदस्य, केन्द्रीय विभागका सदस्य प्रतिनिधित्व गर्नुहुने कमरेडहरु,ज्येष्ठ कम्युनिष्ट मन्चका केन्द्रीय सदस्य,ज्येष्ठ कम्युनिष्ट मन्चका प्रदेश समिति सदस्य,नगर तथा गाउँपालिका समितिका पदाधिकारी,प्रदेश सल्लाहकार सदस्य,सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष,जवस मोर्चाका केन्द्रीय सदस्य जवस मोर्चाका सम्पूर्ण फ्य्राक्सन इन्चार्ज र जवस मोर्चाका जिल्ला अध्यक्षहरुलाई आमन्त्रण गरिएको संयोजक राईले बताए।

