नितिश कुमार बने नवौं पटक बिहारको मुख्यमन्त्री: बिहान राजीनामा,दिउँसो सपथ



एजेन्सी।नितिश कुमार पुनः बिहारको मुख्यमन्त्री बन्नुभएको छ ।नीतीश कुमार नवौँ पटक बिहारको मुख्यमन्त्री बन्नुभएको हो । नीतीश कुमारले आजै बिहान बिहारको राजभवनमा राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरलाई भेटेर आफ्नो राजीनामा बुझाउनुभएको थियो ।

उहाँ यसअघि कांग्रेस आई, कम्युनिस्ट लगायतका दलसँगको गठबन्धनमा आवद्ध भएकोमा आज भारतीय जनता पार्टीसँगको गठबन्धनमा लाग्नुभएको छ । पदको लोभी भएको भन्दै नीतीश कुमारको चर्को आलोचना भइरहेको छ । भारतमा यसै वर्ष आमचुनाव हुँदैछ र यो राजीनामा र नियुक्तिलाई चुनावअघिको चलखेलका रूपमा लिइएको छ । उहाँलाई सत्ताका लागि जता पनि ढल्कने र जोसँग पनि मिल्ने अवसरवादी नेताको आरोप लाग्दै आएको छ ।

नीतीश कुमार पछिल्लो दुई दशकदेखि बिहारको राजनीतिको केन्द्र बन्नुभएको छ । बितेको एक दशकमा उहाँले पाँचौँ पटक गठबन्धन फेर्नुभएको छ । अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्दै नीतीश बीजेपीबाट बाहिरिँदै सन् २०१४ मा लोकसभा चुनाव एक्लै लड्नुभएको थियो । २० सिट भएको जनता दल युनाइटेड पछिल्लो लोकसभा चुनावमा दुई सिटमा समेटियो । चुनावमा निराशाजनक नतिजापछि नीतीशले राष्ट्रिय जनता दल र कांग्रेस पार्टीसँग गठबन्धन गर्नुभएको थियो ।

नीतीश कुमारले सन् २००० मा पहिलाे पटक बिहारकाे मुख्यमन्त्रीकाे शपथ लिनुभएकाे थियाे । त्यसयता उहाँले सन् २००५, २०१०, २०१५ (दुई पटक), २०१७, २०२०, २०२२ मा मुख्यमन्त्रीकाे शपथ लिनुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्