भ्रष्टाचार बिरुद्ध काठमाडौंमा प्रदर्शन गर्दै आजपा, तयारीका लागि भेला र अन्तरक्रिया सम्पन्न
काठमाडौं।भ्रष्टाचारविरुद्धको मोटरसाईकल र्यालीको तयारीका सन्दर्भमा आजपाले भेला एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

उपत्यका समन्वय कमिटीको आयोजनामा शनिबार काठमाडौंका विभिन्न स्थानमा भेला एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको आजपाका उपमहासचिव अरुण घिसिङले जानकारी दिए।घिसिङका अनुसार आजपाले आगामी माघ २० गते काठमाडौंमा भ्रष्टाचारबिरुद्ध र्याली निकाल्ने तयारी गर्दैछ।
आजपाले काठमाडौंको जोरपाटीस्थित एङ्ग्रीमा हिलसिटी होटेल, भक्तपुरको शङ्खधर चोकस्थित एचु पार्टी प्यालेस, ललितपुरको बालकुमारी होटल लगायतका विभिन्न ठाँउमा भेला एवं अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

