चार महिनाभित्र जुभिङघाट मोटरेबल पुल निर्माण सम्पन्न हुने,गुणस्तरीय काम गर्न मेयर शेर्पाको निर्देशन



सोलुखुम्बु।सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले दुधकोशी नदीमा निर्माणाधीन जुभिङघाट मोटरेपुलको अनुगमन गर्दै गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।

नगरपालिकाको वडा नम्बर १ टाक्सिन्दु र माप्यदुधकोशी गाउँपालिकाको जुभिङलाई जोड्ने सो मोटरेबल पुलको वडाध्यक्ष छोङ्बा शेर्पा र निर्माण कम्पनिका प्रतिनिधिसहित शनिबार स्थलगत अनुगमन गर्न पुगेका मेयर शेर्पाले निर्माण गर्दा गुणस्तरमा ध्यान दिन निर्देशन दिएका हुन्।

फाप्लु-नुनथला-जुबिङ हुँदै खुम्बु जोड्ने सगरमाथा पर्यटन सडक खण्ड अन्तर्गत दुधकोशी नदीमा पर्ने सो मोटरेवल पुल निर्माणको मेयर शेर्पाले गत बर्ष शिलान्यास गरेका थिए।’डिजाइन एण्ड बिल्ट’ आफैं गर्ने गरी महादेव खिम्ती हिराचन जेभीले पाँच बर्ष अघि सम्झौता गरे पनि विविध प्राविधिक कठिनाइका कारण निर्माण कार्यको थालनी गत बर्षबाट मात्रै सुरु भएको थियो।

रु. ७ करोड ६ लाख लागतमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीले जिम्मेवारी लिएको ५० मिटर लम्बाई र ११ मिटर चौडाईको सो पूल चार महिनाभित्र तयार भइ सक्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्