तनहुँको मौरीबजारमा बस दुर्घटना ३२ यात्रु घाइते
रहस्य संवाददाता काठमाडौं। विरगञ्जबाट पोखरा गइरहेको वाग्मती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस आज बिहान पौने ५ बजे तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबजारमा दुर्घटना हुँदा ३२ जना यात्रु घाइते भएका छन् ।

घाईतेहरुमध्ये २९ जनाको तनहुँको बेलचौतारामा उपचार भइरहेको छ भने बाकी ३ जना घाइतेहरुलाई उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी एवं प्रवक्ता मोहनबहादुर खाँणले रहस्य खबरलाई जानकारी दिए ।
प्रवक्ता खाँणका अनुसार बस पहिरो झरेको स्थान नजिकको सडकबाट करिब ५६ फिट तल खोलामा खसेको थियो ।(फाईल तस्वीर)

