थुलुङ दुधकोशी : गाउँपालिका अध्यक्ष राईद्वारा देउसाको चोलीमा हिल ट्याङ्की वितरण
सोलुखुम्बु।सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका-८ देउसामा हिल ट्याङ्की वितरण गरिएको छ ।

खानेपानीको समस्या रहेको क्षेत्र देउसाको चोलीमा गाउँपालिका अध्यक्ष असिम राईले सोमबार ट्यांकी बितरण गर्नुभएको हो।अध्यक्ष राईका अनुसार एक लाख ६८ हजार लागतमा १५ वटा हिल ट्याङकी वितरणका साथै मुहान समेत मर्मत गरिएको छ ।
थुलुङ दुधकोशी गाउँपालिका खानेपानी व्यवस्थापन बोर्डको सिफारिसमा उक्त काम गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले हरेक नागरिकको घरमा स्वच्छ पीउने पानी पुर्याउन अभियान जारी राखेको जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष असिम राईले नागरिकको सहजताका लागि विभिन्न नीति निर्माणसंगै आवश्यक संरचनामा जोड दिएर काम गरिरहेको बताउँनुभयो । खानेपानी व्यवस्थापनका लागि आवश्यकताको आधारमा सबै क्षेत्रमा काम गरिने पनि उहाँले बताउँनुभयो ।
वडा अध्यक्ष राजेश बाबु किराँतीले नागरिकको समस्यालाई पहिचान गरि समाधानमा लागी रहेको बताउँदै वडाको विकासमा एकजुट भएर लाग्न अनुरोध गर्नुभयो ।

