आफ्नै परिवारका ५ जनाको हत्या गरेर आत्महत्या



एजेन्सी। भारतको उत्तर प्रदेशको मैनपुरीबाट एउटा हृदय विदारक खबर सार्वजनिक भएको छ । यहाँ एकै परिवारका सदस्य, आफन्त र साथीको बीभत्स हत्या गरिएको छ।

आफ्नो परिवारका कुल ५ जनाको हत्या गरे पछि ती व्यक्तिले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार घरको जेठो छोराले यो घटना गराएका हुन् । उनले पहिले परिवारका चार सदस्य र एक आफन्तको बन्चरो प्रहार गरेर हत्या गरेका थिए ।

जानकारी अनुसार गोकुलपुरमा बस्दै आएका सुभाषचन्द्र यादवका छोरा सोहवीरले आफ्नै परिवारका ५ जनाको हत्या गरेका हुन् । उनले माइजू र श्रीमतीलाई पनि मार्ने प्रयास गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । (सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्