सिटीजन लाईफको विमा पोलिसी हस्तान्तरण तथा विमा सचेतना कार्यक्रम सम्पन्न



भक्तपुर।भक्तपुरको मध्यपुर ठिमीस्थित निलबाराही रिसोर्टमा सिटिजन लाईफ ईन्स्योरेन्स स्वयम्भू शाखामा कार्यरत एजेन्सी मेनेजरहरुले विमा पोलेसी हस्तान्तरण तथा विमा सचेतना कार्यक्रम सम्पन्न गरेका छन् । जेष्ठ महिनामा विक्रि गरेका जीवन विमा पोलेसीहरु आज एक कार्यक्रमको आयोजना गरि विमितलाई सम्मान सहित हस्तान्तरण गरिएको छ । मान्छेको जिवनमा आई पर्ने जोखिमहरुको न्युनिकरण, आर्थिक क्षतिको सरलिकरण तथा भविष्यको लागि वचत गर्ने प्रमुख माध्यम नै विमा हो ।

विशेष गरी आज सम्मानित विमितहरुमा दोलखा जिल्ला स्थायी ठेगाना भई भक्तपुर जिल्ला मध्यपुर ठिमी वडा नं ९ मा बसोवास गरि न्यु पञ्चकन्या सप्लायर्स नामक कोल्ड स्टोर्स सञ्चालक बाबुराम थापा, उहाँकी धर्मपत्नी गीता थापा र कोल्ड स्टोर्सका कर्मचारीहरु रहनु भएको छ । विमा पोलेसी बुझि सके पछि आफुले श्रम गर्दै गर्दा, केही आम्दानि गर्दै गर्दा भविष्यको लागि वचत गर्नु पर्छ, विमाले सुरक्षा र वचत दुबै दिन्छ भनेर मैले आफ्नो र स्टाफ सबैको विमा गराएको हुँ ।’ विमित थापाले भन्नुभयो ।

कार्यक्रममा सिटिजन लाईफ ईन्स्योरेन्स बालाजु एरियाका एरिया प्रमुख विष्णु प्रसाद सापकोटा, स्वयम्भू शाखा प्रमुख कल्पना कार्की, सिनियर एजेन्सी मेनेजरद्वय किशोर पोखरेल तथा भेषराज भट्टराईको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको व्यवस्थापन र सञ्चालन एजेन्सि मेनेजर सुरेशबाबु जमरकट्टेलले गर्नुभएको थियो।कार्यक्रममा एजेन्सी मेनेजर युवराज पराजुली, ध्रुव पराजुली सिटिजन लिडर हरेराम खडका लगायतको उपस्थिति थियो ।

यस्ता प्रकृतिका कार्यक्रमले जीवन विमाको क्षेत्रमा थप उर्जा प्रदान गर्ने तथा जनमानसमा रहेको जीवन विमा सम्बन्धि अनभिज्ञ्यतालाई चिर्दै विमितहरुले आफुले गरेको काम आफु, आफ्नो परिवार र समाजको लागि उदाहरणीय रहेछ भनेर थाहा पाउने हुनाले कार्यक्रमको आयोजना गरिएको एजेन्सि मेनेजर सुरेशबाबु जमरकट्टेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्