उत्तर कोरियाद्वारा पानीमुनि आक्रमण गर्न सक्ने आणविक क्षमताको ड्रोनको परीक्षण



एजेन्सी । उत्तर कोरियाले पानीमुनि आक्रमण गर्न सक्ने आणविक क्षमताको ड्रोनको परीक्षण गरेको छ । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम ‘केसीएनए’ का अनुसार यही अप्रिल ४ देखि ७ तारिखसम्म पछिल्लो परीक्षण गरिएको हो ।

हाएइल–१ नामको पानीमुनि आक्रमण गर्ने नयाँ ड्रोन प्रणालीको विकास गरेको खुलासा भएको हप्ता दिनपछि नै उत्तर कोरियाले हाएइल–२ को परीक्षण गरेको हो ।पानीमा लुकेर सत्रुलाई आक्रमण गर्न यसको डिजाइन गरिएको बताइएको छ । रिपोर्टका अनुसार ड्रोन ८० देखि १५० मिटरको गहिराइमा ५९ घण्टाभन्दा बढी समयसम्म सञ्चालन गरेको थियो ।

त्यसपछि पूर्वी तटमा विस्फोटमा ध्वस्त भएको थियो । यो घातक हतियारको प्रक्षेपण उत्तर कोरियाली शासक किम जोङ उनको निगरानीमा भएको बताइएको छ ।किम जोङ उनले यो हतियार अमेरिका र दक्षिण कोरियाका लागि चेतावनी भएको बताएका छन् ।यो हतियारबाट शत्रुका जहाज र बन्दरगाहमा ठुलो मात्रामा रेडियोधर्मी तरङ्ग छोड्न सकिने दाबी गरिएको छ ।

अमेरिका र दक्षिण कोरियाविरुद्ध उत्तर कोरिया आफ्नो विभिन्न किसिमका हतियार प्रदर्शन गर्न उत्साहित रहेको विश्लेषकहरुको भनाइ छ ।उत्तर कोरियाले सन् २०२२ मा कीर्तिमानी संख्यामा हतियार परीक्षण गरेको थियो । र यो वर्ष पनि उसले आफ्नो सैन्य गतिलाई कायम राखेको छ ।अमेरिका र दक्षिण कोरियाले पछिल्लो समय ठूलो संख्यामा सैन्य अभ्यास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्