पालिका भित्रको ग्रामीण सडकका लागि थुलुङदुधकोशीले गर्‍यो भाडा दर निर्धारण



सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकले नयाँ भाडादर निर्धारण गरेको छ । यातायात व्यवसायी सहित बसेको बैठकले पालिका भित्रको ग्रामीण सडकमा संचालित यातायातको नया भाडादर निर्धारण गरेको हो ।

गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार पालिका भित्रको सडकको वर्गीकरण गरि सोही अनुसार भाडादर निर्धारण गरिएको छ । सडकलाइ पाँच क्षेत्रमा बिभाजन गरि प्रतीकिलोमिटरको आधारमा बैज्ञानिक भाडा कायम गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत खरिधन राईको अध्यक्षतामा वडा अध्यक्ष तथा यातायात व्यवसायी सहित बसेको बैठकले ‘क’ वर्गकको सडकमा प्रती किलोमीटर १७, ‘ख’ वर्गको सडकमा प्रतिकिलोमिटर १९, ‘ग’ वर्गको सडकमा प्रतिकिलोमिटर २५, ‘घ’ वर्गको सडकमा प्रतिकिलोमिटर २७ र ‘ङ’ वर्गको सडकमा प्रतिकिलोमिटर ३० रुपैयाँ भाडादर कायम गरिएको छ ।

यसअघि भाडा निर्धारण गर्दा अव्यवस्थित र अनुमानको हिसाबमा गरिएकाले वैज्ञानिक उपाय अपनाइएको बताएको छ ।

हरेक पालिकाले भाडा निर्धारण गरि सिफारिस गरिसकेपछि जिल्ला स्तरीय बैठले सबैतिरको भाडादर कायम गरिने छ । भाडादर अव्यवस्थित र अति महङ्गो भएको जनगुनासो व्यापक बढेपछि सोलुखुम्बु प्रशासनले समेत चासो दिएको छ । जनगुनासोलाइ मध्यनजर राखेर नया भाडादर निर्धारणको गृहकार्य भैरहेको प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिनुभयो ।

जनजिविकाको सवालमा प्रशासन कार्यालय मौन बस्न नसक्ने उहाँको भनाइ छ । (सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्