नेचा सामुदायिक अस्पतालको १३ औँ वार्षिक साधरणसभा सम्पन्न



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ४ स्थित नेचा सामुदायिक अस्पतालको १३ औँ वार्षिक साधरणसभा सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष धनजन राईको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न साधरणसभाले सोही वडाका वडाध्यक्ष इन्द्रबहादुर राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।समितिको उपाध्यक्षमा खगेन्द्र जमरकट्टेल, सचिवमा होम प्रसाद कट्टेल, सहसचिवमा रोहित आचार्य र कोषाध्यक्ष यसोदा राईसहित १५ सदस्यीय कार्यसमिति चयन गरिएको अस्पतालका प्रवन्धक निर्देशक ऋषिराज कट्टेलले जानकारी दिए ।

सभाले वार्षिक प्रतिवेदन र आर्थिक प्रतिबेदनपनि सर्वसम्मत पारित गरेको छ । कार्यक्रममा उपाध्यक्ष बिना राई,३ नं वडाध्यक्ष सीताराम भट्टराई,श्री केदार माबिका प्रधानाध्यापक एकराज शर्मा, ट्रेकिङ एजेन्सि एसोसियशन अफ नेपाल टानका अध्यक्ष निलहरी बास्तोला लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्