चन्द्रागिरीमा नेपाल इम्ब्रोइडरी,ह्यण्डिक्र्याफ्ट तथा सिलाइ बुनाइ श्रमिक संघ गठन



काठमाडौं। चन्द्रागिरी नगरपालिका अन्तर्गत रहेका सिलाइ बुनाइ तथा इम्ब्रोइडरिमा रहेका स्वरोजगार तथा कार्यरत श्रमिकहरुको भेलाले मन्जु कार्कीको अध्यक्षतामा नौ सदस्यीय नगर समिति गठन गरेको छ।

शनिबार सम्पन्न भेलाले सो नगर समिति गठन गरेको हो। भेलालाइ सम्बोधन गर्दै नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य कुल बहादुर खड्काले ट्रेड युनियन कांग्रेसले ७ सय ५३ वटै स्थानीय तहमा आफ्नो संगठन तीब्र गतिमा बिस्तार गरिरहेको र आवद्ध संघहरु बाट पनि आ-अफ्नो संगठन बिस्तार गरिरहेको जानकारी दिनुभयो।श्रमिकको हक अधिकारका साथै अनौपचारिक क्षेत्रका श्रमिकहरुलाइ योगदानमा आधारित सामाजिक सुरक्षा, कार्यस्थलमा मतदानको ब्यबस्था स्थानीय तहमा श्रमिकको पञ्जिकरणको ब्यबस्था लागु गराउन मजबुत संगठन आवश्यक रहेको वहाँको भनाई थियो ।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष तेज प्रसाद रिजाल ट्रेड युनियन कांग्रेस काठमाडौंका अध्यक्ष देबीप्रसाद भुषाल र नेपाली कांग्रेस काठमाडौं क्षेत्र १०(ख) ट्रेड युनियन बिभाग संयोजक रुक्मणी गिरीले श्रमिकको हकहितका लागि ट्रेड युनियनको अपरिहार्य रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्