सौन्दर्यको क्षेत्रमा अक्सिजनको महत्व सम्बन्धि अन्तरक्रिया सम्पन्न
काठमाडौ।सौन्दर्यको क्षेत्रमा अक्सिजनको महत्व सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रममा ललितपुरमा सम्पन्नभएको छ । प्रोत्साहानाज ब्युटिपार्लर तथा तालिम केन्द्र एवं साहारा ब्युटी होमको संयोजनमा आयोजित एक दिने अन्तरक्रिया कार्यक्रममा इद्द हिमालयले सौन्दर्य र अक्सिजनको सम्बन्धबारे स्पष्ट बनाएको हो ।

काठमाडौं उपत्यकाभित्र सौन्दर्य सम्बन्धि सेवा संचालन गरिरहनु भएका २० भन्दा ब्युटिसियनहरुको उपस्थितिमा संचालित कार्यक्रममा नेपालमा भर्खरै मात्र शुरु भएको पोर्टेवल अक्सिजन क्यान उत्पादन कम्पनी इद्द हिमालयका कन्ट्री हेड सञ्जिवप्रधानले सहजिकरण गर्नुभएको थियो । अक्सिजन सजीव सबैका लागि जति आवश्यक छ त्यस्तै सौन्दर्यताका लागि पनि त्यत्तिकै आवश्यक रहेको प्रधानले बताउनुभयो ।
अक्सिजनले सौन्दर्यका क्षेत्रमा पार्ने सकारात्मक प्रभावका बारेमा बुझे पश्चात सहभागिहरुले बाँच्नका लागि मात्र अक्सिजन भन्ने बुझाईलाई अब शारिरीक सौन्दर्यका लागि पनि यसको प्रयोग गर्नुपर्ने रहेछ भन्ने स्पष्ट भएको बताए ।
काठ्माण्डौ उपत्यकाका ३ जिल्ला तथा १ नं. प्रदेशमा इद्द हिमालयको बितरक डि.बि.रानापालले पहिलो चरणमा सौन्दर्यको क्षेत्रमाअक्सिजन किन चाहिन्छ भन्न बिषयमा जानकारीमुलक कार्यक्रम संचालनभएको र अब चाँडै नै सबै अन्य क्षेत्रमा पनि अक्सिजनको महत्व सम्बन्धि छलफल तथाअन्तरक्रिया कार्यक्रम संचालन गर्ने जानकारी गराउनुभयो ।
कार्यक्रम आयोजनाका लागि सहजिकरण गर्नुभएका फिल्मी पत्रकार तथा म्युजिक भिडियो निर्देशक सुर्य चन्दले क्यानमा उपलब्ध यस इद्द हिमालय अक्सिजन आफ्नो झोलामा नै बाकेर हिड्न सकिने भएकाले पनि सबै क्षेत्रमा यसको प्रयोग सहज देखेको बताउनुभयो ।
भारतको सिक्किममा उत्पादन भएको यो अक्सिजन अध्ययन र अनुसन्धानबाट पनि ज्यादै नै उपयोगी भएको देखिएको छ ।हाल नेपालमा यसले आफ्नो ब्यवसायिक कार्य समेत शुरु गरिसकेको कन्ट्रि हेड प्रधानले जानकारी दिनुभयो । १ नं. प्रदेश तथा काठमाडौं, ललितपुर र भक्तपुरका लागि हाल सहुलियत दरमा सो इद्दअक्सिजन उपलब्ध रहेको संयोजक नुतन श्रेष्ठले जानकारी दिनुभयो ।

