पूर्बमन्त्री केसीले बुझ्नै पर्ने यो तथ्य



  • सन्दिप राई, सोलुखुम्बु
    मंसिर ४ गते सम्पन्न प्रतिनिधितथा प्रदेशसभा निर्बाचनको मत परिणाम सार्बजनिक भईरहँदा कतिपय निर्बाचन क्षेत्रमा घात प्रतिघातका आरोप-प्रत्यारोप सुरु भएका छन्।बिशेष गरी सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द्व यतिबेला फेसबुकका भित्ताहरुमा छरपस्ट भएका छन्।लोकतान्त्रिक-बाम गठबन्धनको तर्फबाट साझा उम्मेदवार भएर पराजित भएका कतिपय निर्बाचन क्षेत्रमा आपसी दोषारोपणले उग्र रुप लिंदै गएको छ। मोरङ क्षेत्र नम्बर २ मा उठेका उम्मेद्वार सुजता कोईरालाले आफु डा. मिनेन्द्र रिजालको अन्तरघातका कारण आफू पराजित हुनुपरेको आरोप लगाईरहेकी छन् ।

काठमाडौं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेपाली कांग्रेसका उम्मेदवार गगन थापाको मिलेमतोमा लामिछानेले उम्मेद्वार नउठाएर म्याच फिक्सिङ भएकोे हल्ला चलाइएको छ । तर सोलुखुम्बुमा भने गम्भिर प्रकृतिको कुरा उठाइएका छन् ।जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्बमन्त्री बलबहादुर केसी भन्नुहुन्थ्यो, ‘गठबन्धनको ३४ हजार भोट छ, तर मलाई १६ हजार चानचुन भोट आयो, १८ हजार भोट कहाँ गयो ? यहाँ गेलु (केन्द्रीय सदस्य) र नाम्गेल (सभापति)ले अन्तरघात गरे ।’

अहिलेको चेतनशील समाजमा व्यक्तिको हातमा यत्रो भोट हुन्छ त ? यो जस हो कि अपजस हो ? एक दुई वटा व्यक्तिको स्वामित्वमा यत्रो मत हुन्छ त ? यदि हुन्छ भने बढी मत हुने उम्मेद्वार नउठाएर कम मत हुने व्यक्ति किन उम्मेद्वार बनेका त ?

सत्य कुरा हो की सोलुखुम्बुको बर्तमान राजनीतिक पुष्तामा आङगेलु शेर्पा एक बौद्धिक र लोकप्रिय राजनीतिक व्यक्ति हुन्।विचार र चेतनाका हिसाबले समय सापेक्ष उनी चल्न सक्छन् भन्ने कुरा कुनै बिबाद छैन । आरोप मात्र लगाएर चरित्र हत्या मात्र गरेको हो भने यसको कुनै अर्थ छैन् । आलोचनाको नाममा उनै आङ गेलु झन् शक्तिशाली भएको पुष्टि मात्रै गर्छ । पछिल्लो फेसबुक रुवाबासीले सम्पूर्ण निर्वाचन परिणाम नै आङ गेलुकै हातमा छ र उसैले निर्धारण गर्छ भन्ने सिद्ध हुँदै गएको छ ।

बल बहादुरको हार किन भयो ? बुझ्न गाह्रो छैन् । पहिलो मानविर र अरु विचमा ध्रुविकरण अत्यन्त गलत थियो । मानबीर फ्रेस थिए तर केसी सातौँ पटक चुनाव लड्दै थिए । सामन्यतया नयाँप्रति आर्कषण बढ्ने भैहाल्यो । दोश्रो,व मानवीर जिल्लाको सबै भन्दा बढी मतदाता भएको राई समुदायको उम्मेद्वार थिए ।

अल्पसंख्यक समुदायले कहिल्यै पनि ध्रुबीकरणतिर जानु हुँदैन । केसीले बारम्बर आफु मन्त्री हुने र जागिर खुवाउने कुरा गरे, तर साधरण जनतालाई पनि पिएन र सिपाहीको नियुक्ती समेत लोकसेवाले गर्ने गर्छ भन्ने थाहा छ । उनी पछि मन्त्री भएका यन्कीला शेर्पा, गोपाल किराँती, उत्तम बस्नेतहरुकै पालामा पुष्टि गरिसकेका थिए ।

त्यो मतदाताको चेतनालाई कम आँकेर बोलेका थिए । संसद निर्वाचन क्षेत्रमा पैसा बाँड्दै आश्वासन पनि दिदा संसदको अघिल्लो कार्यकालको अन्तिम दुई बर्ष पैसा दिन छोडेकोमा जनता जानकार थिए । केसीले आफ्नो पालाका केहि शैक्षिक संस्था, गोरेटो झोलुङ्गे पुलका कुराहरु जोड्दार उठाए तर ६ पटक त्यहि कुरा दोहोर्याई तेहर्याई चुनाव लडेकाले मतदाता वाक्क थिए ।

नयाँ कार्यक्रमको प्रतिक्षामा थिए । यसका बाबजुत पट्यार लाग्दा त्यहि कुरा त जहाँ पनि सुनाई रहे । ताली ताली आफै चिच्याउँदै कराए जुन आफैंमा हाँस्यास्पद थियो । उनको आफ्ना आत्माप्रशंसा गराउने व्यथाले जनता आजित थिए ।

केसीका गृह गाउँ, पालिका (नेचासल्यान)मा, एमालेका वासा ठुलोढुंगाको राईको भोट भन्दा कम आउदा चकित हुने विषय बनेको छ । यसमा उसको र परिवार कै हेपाहा प्रवृत्ति जिम्मेवार ठान्छ स्थानियहरु । सबैलाई ‘तँ’ र केहिलाई मात्र तिमी सम्बोधन गर्दा केसी र उनका परिवारको शब्दकोशमा तपाई भन्ने शब्दनै छैन ।

जब कि दुई पटक देशमा राजा नै भईसकेका ज्ञानेन्द्र शाह जनताका छोराछोरिलाई तपाई भन्न थालेका छन् । छुद्र व्यावहार, उधारो नतिर्ने, कामको ज्याला नदिने कार्य उनका आलोचनाका बिषयहरु थिए । यस पटक राम्रै खर्च गरेर चुनाव लडेका केसी पैसाका कारण हार्नु हुन्न भन्ने मान्यता राख्थ्यो ।

आर्थिक बाँडफाँडका लागि सदरमुकाममा श्रीमतीलाई सोताङमा कान्छा भाई, सल्यान र नेचामा पनि भाई भतिजाहरु, तिङ्लामा भान्जा तैनाथ गरेका थिए । कार्यकर्ताप्रति अविश्वास गरी राजनैतिमा उतिसारो चासो नभएका परिवारका सदस्यहरुलाई भर गरेकैले कुनै राम्रो नतिजा दिन सकेनन् । मानसिक रुपमा उनी ०४८/०५१ तिरै देखिन्छ ।

समयको पथचाप चिन्न नसक्नु हारको मुल कारण हो । ‘नो नट एगेन’को राष्ट्रिय अभियान पुस्तान्तरण र युवाको पक्षमा लहर, एजेण्डा विना चुनाव लड्नु स्थानीय चुनावमा प्रचारमा ननिस्किएको र केहि मान्छेलाई एमालेमा पठाउनु, अन्तर्घात गरि आफैँले खाल्डो खन्नु र आफु लडदा तिनलाई एमालेबाट काज फिर्ता गर्नु हारको मुल कारण हुन् ।

उनका खेल सवैले बुझे । तिङ्ला उँधो नलाने र नेचाको केन्द्र यथावत रहने कुरा राखे । तर जनताले केसीको कुरा विश्वास गरेनन् । २०७४ सालमा प्रतिस्पर्धाको राजनीतिबाट सन्यास लिए भनेर चुनाव लड्न आए जस्तै झै हो भन्ठाने र पत्याएनन् । सार्वजनिक रुपमा ढाँटेर पत्रु भैसकेकाले उनका कुनै पनि कुरा मतदाताले पत्याएनन् ।

फटाहा सावित भएपछि विश्वास जित्न गाह्रो हुन्छ । राजनीतिमा जे गरे पनि हुन्छ हैन ? इमान पनि महत्वपूर्ण कडि हो । बलबहादुर हार्नुको अर्को ठोस कारण भनेको उनीप्रतिको कांग्रेस समर्थक मतदाता र कार्यकर्ताको उदासिनता हो । काठमाडौं र पुर्वि तराईमा रहेका मतदाताहरु केहि अपवादलाई छोडेर आएनन् नै ।

गाउँमै भएका कांग्रेसीहरु मतदान केन्द्र जाने कष्ट गरेन । त्यसैले स्थानीय चुनावमा झण्डै बीस हजार कांग्रेसको पक्षमा मतदान गरेका थिए । तर अहिले १० हजार ४ सय ५३ मत समानुपातिक मत आयो अर्थात् त्यति नै मतदान गरेको देखिन्छ ।

यो तथ्याङ्क मान्ने हो भने नौ हजार कांग्रेस मतदाताले अहिले भाग लिएनन् जो स्थानीय निर्वाचनमा सहभागी भएका थिए । कार्यकर्ताको असन्तुष्टि र मतदाताको तीब्र उम्मेदवारप्रतिको असहमति नै हार प्रमुख सार रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्