उपेन्द्र महतो भए माछापुच्छ्रे बैंकको अध्यक्ष



काठमाडौं।माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो नियुक्त भएका छन्।

सोमबार बसेको सञ्चालक समितिले उनलाई अधयक्षको जिम्मेवारी दिएको हो। यसअघिका अध्यक्ष वीरेन्द्रप्रसाद महतोले मंसिर ९ गते दिएको राजीनामा सञ्चालक समितिले सोमबार स्वीकृत समेत गरेको हो।

उनको राजीनामा स्वीकृत भएसँगै संथापक सेयरधनीबाट उपेन्द्र महतोलाई अध्यक्ष चयन गरिएको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्