जन्मदिनको अवसरमा पत्रकार कार्कीले गरे रक्तदान



काठमाडौ । नेपाल पत्रकार माहासंघ काठमाडौ शाखाका सदस्य तथा उपत्यका प्रदेश पार्षद मोहन कार्कीले आफ्नो जन्मदिनको अवसर पारेर रक्तदान गरेका छन् ।

नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको महिला बिभागले डेगुको रोगीहरु बढेर सेतो रगतको कमी भइरहेको बिषयलाई मध्यनजर गरेर आयोजना गरेको रक्तदानमा उनले रक्तदान गरेका हुन् ।जनआकाश साप्ताहिकका प्रधान सम्पादक/प्रकाशक कार्कीसहित खुल्ला रक्तदान कार्यक्रममा सहभागी ८० मध्ये विविध कारणले रक्तदान गर्न नमिलेका कारण १९ जनाले मात्र रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय प्रतिनिधिहरु शान्तराम बिडारी, ज्ञानेन्द्र पौडेल, काठमाडौ शाखाका अध्यक्ष सुर्य सुवेदी लगायत पदाधिकारीहरु उपस्थितिामा रक्तदान कार्यक्रम भएको थियो । रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटीले सहयोग गरेको कार्यक्रम संयोजक अप्सरा गौतमले जानकारी दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्