चीन-ताईवान तनाब, नेपाल चीनको पक्षमा



काठमाडौं।नेपालले अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि उत्पन्न तनाव शान्तिपूर्ण रूपमै समाधान हुनुपर्ने बताएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाल शान्तिप्रेमी राष्ट्र भएकाले त्यहाँको समस्या शान्तिपूर्वक नै सामाधन हुनुपर्ने पक्षमा रहेको बताइन्।

नेपालले चीन–ताइवान बढ्दो तनावलाई नजिकबाट नियाली रहेको बताउँदै परराष्ट्र मन्त्रालयका आज आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले उक्त कुरा बताएकी हुन् ।

नेपालले यस घटनालाई नजिकबाट नियाली रहेको छ । नेपाल सधैँ भर एक चीन नीतिको समर्थन गर्दै आएको छ,’ प्रवक्ता लम्सालले भनिन् । पेलोसीले यसै साता चीनको चेतावनीको बाबजुद ताइवानको भ्रमण गरेपछि अहिले चीन–ताइवान र चीन–अमेरिका सम्बन्धमा तनाव बढेको छ ।

पेलोसीले ताइवानको भ्रमण गरेको जवाफमा अहिले चीनले ताइवान वरपर अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरिरहेको छ । चीनले ताइवानको सीमा नजिक मिसाइल समेत प्रहार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्