आउनुस वामपन्थी सरकार बनाऔं एमाले अध्यक्ष:ओली



केदार बस्नेत काठमाण्डौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी सरकार बनाउन आव्हान गरेका छन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड”र नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाललगायत वामपन्थी नेताहरुतर्फ संकेत गर्दै वामपन्थी सरकार निर्माण गर्न आव्हान गरेका हुन् ।

नेपाल चीन हिमालय मैत्री समाजद्वारा राजधानीमा आयोजित कार्यक्रममा ओलीले भने,‘वामपन्थी हो भने आउनुहोस् निष्पक्ष वामपन्थी सरकार बनाऔं,´।

आम निर्वाचनमा वामपन्थी दलहरूको एकताको प्रयास भइरहँदा पुर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीको यस्तो भनाई आएको हो । उनले विगतका क्रियाकलापहरुलाई बिर्सेर नयाँ ढंगबाट जान सकिने सम्भावना औल्याएका छन्।

ओलीले वर्तमान सत्ता गठबन्धनको सरकारले आफ्नो भूमिलाई हाम्रो भन्न नसकेको आरोप लगाए ।‘चीन र भारतको भूमि मेरो हो भनेर जान सक्दैनौं,’ ओलीले भने,‘हाम्रो चाहि हाम्रो भन्न सक्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्