श्रीलंका संकट : प्रधानमन्त्री विक्रमासिंघेपछि राष्ट्रपति राजपक्षले पनि गरे पदबाट राजीनामा दिने घोषणा



कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोताबाया राजपक्ष अन्तत : पदबाट राजीनामा दिन तयार भएका छन्।

प्रदर्शनकारीहरूले राष्ट्रपति भवन तथा प्रधानमन्त्रीको निजी निवासमा पसेर आगजनी गरेपछि उनले राजीनामा दिने घोषणा गरेका हुन्। उनको राजीनामा सम्भवत : बुधवार आउने अनलाइन समाचार पोर्टले डेलि मिररले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

राष्ट्रपति राजपक्षले आगामी बुधवार राजीनामा दिने जानकारी बताएका छन् भने प्रधानमन्त्री रनिल विक्रमासिंघेले यस अघिनै राजीनामा दिने बताइसकेका छन् । सभामुखले शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि राष्ट्रपतिले राजीनामा दिने निर्णय लिएको जानकारी दिएका छन् । उनले जनतालाई कानूनको सम्मान गर्न पनि आह्वान गरेका छन्।

शनिवार प्रदर्शनकारीहरू प्रवेश गर्दा राष्ट्रपति निवास र प्रधानमन्त्री आ – आफ्ना भवनहरूमा थिएनन्। आर्थिक अव्यवस्थाको विरोधमा श्रीलङ्कामा केहि महीनादेखि विरोध प्रदर्शन हुँदै आएको छ ।

दुवै जनाले पदबाट राजीनामा दिने घोषणापछि देशका प्रमुख सहरहरुमा प्रदर्शनकारीहरुले खुसीयाली मनाएका छन् । शनिवार दिनभरको प्रदर्शनपछि अमेरिकाले पनि त्यहाँको नेतृत्वलाई देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्