गोलि प्रहारबाट घाइते जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन



काठमाडौं । चुनावी अभियानमा सम्बोधन गरिरहेका बेला गोली लागेर गम्भिर घाइते बनेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ।
स्थानीय समयअनुसार शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला उनलाई पछाडिबाट गोली प्रहार भएको हो।सिन्जो नारा मेडिकल युनिभर्सिटीमा उपचाररत् थिए । जापानका प्रधानमन्त्री फुमिओ कासिदाले उक्त घटनालाई पाशविक र विद्वेषपूर्ण घटनाको संज्ञा दिदै दोषीमाथि कारबाही हुने आश्वस्त पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्