सोलुखुम्बुले पायो याक तथा चौरी कृषक महासंघको नेतृत्व



सोलुखुम्बु।नेपालमा पहिलो पटक राष्ट्रियस्तरको याक सञ्जालको रुपमा ‘याक तथा चौरी कृषक महासंघ ,नेपाल’ गठन भएको छ।

राष्ट्रिय पशुपन्छी स्रोत व्यावस्थापन तथा प्रवर्द्धन कार्यालय, नेपाल कृषि अनुसन्धान परिषद् (NARC) र ICIMOD को आयोजनामा आयोजित नेपालमा याक र चौरी प्रवर्द्धन सम्बन्धी २ दिने प्रथम राष्ट्रिय कार्यशाला गोष्ठीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत राष्ट्रिय पशुपन्छी स्रोत व्यावस्थापन तथा प्रवर्द्धन कार्यालयको मातहतमा रहने गरी नुरु शेर्पा (सोलुखुम्बु)को अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो।

महासंघको उपाध्यक्षमा लाल कुमार केसी (दोलखा),महासचिव दावा सङबु शेर्पा(रामेछाप),सचिबमा चन्द्रलाल नेपाल(पाँचथर)र कोषाध्यक्षमा लामुचिपा शेर्पा(संखुवासभा) रहेको जनाईएको छ।

यसैगरी सदस्यहरुमा भिमबहादुर भण्डारी(ताप्लेजुङ), जंग बहादुर राई(इलाम), पाबीहाङ राई (भोजपुर)सोजन हिराचन(मुस्ताङ),दावा शेर्पा(सिन्धुपाल्चोक),भिम बहादुर पुन(म्याग्दी),जसपाल बुढाथोक(दार्चुला), उर्गेन घले(रसुवा),तेन्जिङ गुरुङ(जुम्ला), श्याङग्याप (मुगु), डिल्ली प्रसाद केरुङ(पाँचथर),हिम प्रसाद महत(डोल्पा),वेद बहादुर गुरुङ (मनाङ ) र सन्तवीर तामा (दोलखा)सदस्य रहेको तदर्थ समितिका अध्यक्ष शेर्पाले जानकारी दिए।

महासंघले ६ महिनाभित्र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत राष्ट्रिय पशुपन्छी स्रोत व्यावस्थापन तथा प्रवर्द्धन कार्यालयसंगको सहकार्यमा राष्ट्रिय याक तथा चौरी नीति बनाउन पहल गर्ने बताउंदै अध्यक्ष शेर्पाले सम्पूर्ण हिमाली क्षेत्रका याक तथा चौरीपलक साथीहरुलाई आफ्नो पेशालाई निरन्तरता दिँदै महासंघको छातामुनि आबद्ध आव्हान समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्