आजैदेखि लागु हुने गरी बढायो सरकारले गाडी भाडा




काठमाडौं ।नेपाल आयल निगमले पेट्रोलको र डिजेलको प्रतिलिटर १०/१० रुपैयाँ मूल्य वृद्धि गरेको दुई दिन बित्न नपाउँदै सरकारले अन्तर प्रदेश चल्ने लामाे दूरीका सार्वजनिक सवारीको भाडा बढाएकाे छ ।

यातायात व्यवस्था विभागले आज मंगलबारदेखि लागू हुने गरी अन्तरप्रदेशमा २.१ प्रतिशत, पहाडी बाटोमा गुड्ने मालबाहक तर्फ २.७ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ३ प्रतिशत भाडा वृद्धि भएको जनाएको हो।

इन्धनको बजार मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भाडा घटबढ हुने भएकाले अहिले बढेको विभागले जनाएको छ ।यसअघि जेठ ३ गते पनि भाडा वृद्धि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्