नेचासल्यान : वडा नं -२ मा कांग्रेस एकाधिकारको अन्त्य



मोहन बस्नेत
बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेचासल्यानको मतपरिणाम सार्बजनिक भइ सकेको छ।प्राप्त मतपरिणामले गाउँपालिकामा नेपाली कांग्रेसले प्राविधिक जित हांसिल गरेपनि उसको बर्चस्व भने कमजोर हुँदै गएको संकेत गरेको छ।

बिशेष गरि गाउँपालिकाकाको वडा नं २ को मतपरिणाम हेर्ने हो भने कांग्रेसको हविगत प्रष्ट बुझ्न सकिन्छ । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीको समेत गृह वडा रहेको वडा नं २ मा यसपटक कांग्रेसले जित हांसिल गर्न ठुलै कष्ट ब्यहोर्नुपरेको छ।पूर्बमन्त्री समेत रहेका केसीले वडामै बसेर ठुलो मेहनत नगरेको भए यसपटक त्यो वडामा माओवादी केन्द्रले झण्डा फहराउने निश्चित जस्तै थियो।

कांग्रेस उम्मेदवार सीताराम काफ्ले र माओवादी केन्द्रका उम्मेदवार बियस राईबीचको मत अन्तर हेर्ने हो भने कुनै बेला कम्युनिस्ट पार्टीका एजेण्टहरुसमेत बस्न सक्ने अवस्था नरहेको सो वडामा कांग्रेसको एकाधिकार र अहंकार तोडिंदै गएको छर्लङ्ग छ।लौरो मात्रै उभ्याए पनि कांग्रेसले जित्छ भन्ने अहंकार कांग्रेस जनमा जुन थियो।समय क्रमले त्यसलाई बदलिदिएको छ र प्रतिद्वन्द्वीसंगको हारजीत दुई अंकमा सिमित भएको छ।यो गैर कांग्रेसीहरुका लागि निकै खुसीको कुरा हो।

यसपटकको निर्बाचनमा नेपाली काँग्रेसले बलतल ५१२ ल्याउँदा निकटम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्र ४७२ मत लल्याएका छन्।माओवादी केन्द्रले यसलाई हारका रूपमा लिनु हुंदैन।कुनै बेला गैर कांग्रेसीहरु कांगेसको दवदवा र बलमिच्याईंका कारण मतदान केन्द्र नै छोडेर भाग्नुपर्ने अवस्था रहेको स्थानमा हाराहारीको मत प्राप्त गर्नसक्नुलाई माओवादी केन्द्रको जीतका रूपमा लिनुपर्ने हुन्छ।

यो वडाको मतपरिणामले संधै एउटै पार्टीको दवदवा कहिँ पनि निरन्तर स्थापित हुन सक्दैन भन्ने तथ्यलाई उजागर गरिदिएको छ।जनताको मन छुनेगरि काम गर्ने र संगठनलाई सशक्त बनाउनेतर्फ अग्रसर हुनु माओवादी केन्द्रको अवको कार्यभार हो।यसो गर्न सकियो भने २ नं वडामात्रै नभएर सिंगो नेचासल्यानमै लालझण्डा फहराउन सकिन्छ भन्नेमा दुई मत छैन।
( लेखक नेकपा माओवादी केन्द्र सोलुका युवा नेता हुन्)

प्रतिक्रिया दिनुहोस्