काठमाडौँमा एमालेका दुई उम्मेदवार निर्विरोध



काठमाडौँ । काठमाडौँ महानगरपालिकामा नेकपा (एमाले)का दुई जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार काठमाडौँ महानगरपालिका वडा–१८ की दलित महिला सदस्य अम्बिका सुनार र वडा–२२ की पनि दलित महिला सदस्य गीता परियार निर्विरोध निर्वाचित हुनुभएको हो ।

उहाँहरु दुबै जना एमालेको तर्फको उम्मेदवार रहेको नेकपा (एमाले) काठमाडौँ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्