घ्याङखर्क पिकमा पांचहजार पर्यटक भित्र्याउने उद्देश्यले अनलाइन एकल फोटो प्रतियोगिता गरिने
सोलुखुम्बु।घ्याङ्खर्क पिकको पर्यटन प्रबर्द्धन गर्ने हेतुले अनलाइन एकल फोटो प्रतियोगिता आयोजना गरिएको छ ।

सोलुखम्बु जिल्ला र खोटाङ जिल्लाको सिमानामा सामुन्द्रिक सतहबाट करिब ३ हजार सात सय७ मिटरमा अवस्थित घ्याङखर्क पिकको प्रबर्द्धन गर्ने हेतुले अनलाइन एकल फोटो प्रतियोगिता आयोजना गरिएको हो ।
विसं २०७९ मा पाँच हजार पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु गरिएको प्रतियोगिता घ्याङखर्क चौरी फार्मले आयोजना गरेको हो । 
पर्यटनको प्रचुर सम्भावना हुँदा हुँदै पनि प्रचारप्रसारको अभावमा गुमनाम घ्याङ्खर्क पिकलाई विश्वमाझ परिचित गराई पर्यटनमार्फत यस क्षेत्रका स्थानीयको जीविकोपार्जनमा टेवा पुर्याउन प्रतियोगिताले भूमिका खेल्ने अपेक्षा गरिएको आयोजक नुरु पिनासा शेर्पाले बताए।
प्रतियोगितामा सहभागि हुन चाहने व्यक्तिले घ्याङ्खर्क पिकमा खिचिएको फोटो आयोजकलाई भाइबर र व्हाटसएप नम्बर ९८४२९४९८४७ मार्फत २०७९ चैत्र १ गते भित्र पठाई प्रतियोगितामा सहभागिता जनाउन सकिने उनको भनाइ छ।
आयोजक घ्याङ्खर्क चौरी फार्मको फेसवुक पेजमा अपलोड गरिएको प्रतियोगिताको फोटो लाइकको आधारमा आगामी २०८० वैशाख १ गते विजेता घोषणा गरिने शेर्पाले जानकारी दिए ।
प्रतिस्पर्धीमध्ये प्रथम, द्वितीय,तृतीय, चौथो र पाँचौं ले क्रमश नगद रु.५ हजार,४ हजार ,३ हजार २ हजार र रु.१ पुरष्कारसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
पर्यटकीय दृष्टिकोणले यस्ता हजारौं पर्यटकीय स्थल रहेता पनि स्थानीय सरकारले ठोस प्रवर्द्धनात्मक गतिविधि गर्न नसकिरहेका बेला निजी क्षेत्रबाट भएको यो प्रयास प्रशंसनीय छ ।

