गभर्नर निलम्बन प्रकरण:एमालेले भन्यो-‘प्रतिस्थापन बजेटका कारण अर्थतन्त्र संकटमा परेको हो’



Bisnu paudel
काठमाडौं।नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमालेले सरकार छाडेपछि अर्थतन्त्र समस्यामा परेको बताएका छन् ।नेपाल राष्ट्र बैंकका गभर्नरलाई सरकारले निलम्बन गरेपछि पार्टीका तर्फबाट धारणा सार्वजनिक गर्न बोलाईएको पत्रकार सम्मेलनमा बोल्दै उनले अर्थतन्त्रका सूचकहरु खराब अवस्थामा पुगेको बताएका हुन् ।

‘नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेतृत्व गरेको सरकार छाड्दासम्म मुलुकको अर्थतन्त्र सृदृढ थियो, त्यसबेला मुद्रास्फीति ४ प्रतिशत भन्दा तल थियो, रेमिट्यान्स १० प्रतिशतले बढेको थियो’ उनले भने,’अहिले सबैतिर समस्या छन् ।’

पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले अर्थतन्त्र जोगाउन सार्थक र प्रभावकारी हस्तक्षेप जरुरी रहेको समेत बताए । यो सरकारले सहि नीति लिएर अघि बढ्न चाहेको भए अर्थतन्त्र सवल हुने उनले दावी गरे ।

आफूले ल्याएको बजेट लोकप्रिय भए पनि राजनीतिक कारणले नै प्रतिस्थापन बजेट ल्याएको उनलेे बताए । पूर्व सरकारले घोषणा गरेको योजनाहरूलाई निरन्तरता नदिएकोमा समेत उनलेे आक्रोश व्यक्त गरे । प्रतिस्थापन बजेटकै कारण अर्थतन्त्र संकटमा परेको उनले दावी गरे

प्रतिक्रिया दिनुहोस्