पञ्चनमा सन्चालित आँखा शिबिरमा १ सय १२ जनाको आँखा परीक्षण,चारजनामा मोतिबिन्दु

खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँ पालिकाको वडा नं- ३ पञ्चनमा सन्चालित आँखा शिबिरमा १ सय १२ जनाको आँखा परीक्षण भएको छ।

गाउँपालिका अध्यक्ष असिम राईले मंगलबार उद्घाटन गरेको सो शिबिरमा आँखा परीक्षण गराएका मध्ये ४ जना मोतिबिन्दुका बिरामीहरु शल्यक्रियाका लागि छनौट भएको जनाईएको छ।
ग्रामीण आँखा केन्द्र थुलुङ दुधकोशी र जिल्ला सामुदायिक आँखा केन्द्र सोलुखुम्बुको आयोजनामा सम्पन्न भएको सो शिबिरमा आँखा परीक्षणपछि आवश्यक चस्मा र औषधि गाउँपालिकाका तर्फबाट नि:शुल्क उपलब्ध गराईएको जिल्ला सामुदायिक आँखा केन्द्र सोलुखुम्बुले जनाएको छ।
शिबिरको उद्घाटन गर्दै गाउँ पालिका अध्यक्ष राईले पालिका भित्र रहेका आँखा बिरामीको उपचार सेवामा गाउँ पालिका सदैव सहयोगी रहेको बताएका थिए।

