जनकपुर-जयनगर रेल आईतवारबाट सन्चालनमा आउने



जनकपुर।करिब १७ महिनादेखि थन्किएर बसेको जनकपुर-जयनगर रेल अब भने सञ्चालनमा आउने भएको छ।
नेपाल र भारतका प्रधानमन्त्री क्रमशः शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार
संयूक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम तय भएपछि रेल सन्चालनमा आउन लागेको हो।भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा शुक्रवार प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदैछन् ।

भारत भ्रमणकै क्रममा रेल उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा रेलको भर्चुअल्ली उद्घाटन गर्ने कार्यक्रम तय भएको छ,’ महाप्रबन्धक झाले भने ।
रेल उद्घाटन भएको भोलिपल्ट (आइतवार)देखि नै नियमित रूपमा सञ्चालनमा आउने महाप्रबन्धक झाको भनाइ छ । उनले रेल सञ्चालनको सम्पूर्ण तयारी भइसकेको र उद्घाटनपछि नियमित सञ्चालनमा आउने बताए ।

रेल संचालनका लागि गत चैत ८ गते राष्ट्रपति कार्यालयबाट रेलवे अध्यादेश जारी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्