साल्ट ट्रेडिङले १० प्रतिशत बोनस सेयर दिने
काठमाडौं।साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको फागुन २९ मा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
यसअनुसार आर्थिक वर्ष २०७७/०७८ को खुद मुनाफाबाट उक्त बोनस तथा नगद बाँडिनेछ।

