नारी दिवसको अवसरमा नेपाल बैंकको बैंकिङ तथा बीमासहितको नयाँ निक्षेप खाता सञ्चालनमा



काठमाडौं।नेपाल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला वर्गलाई लक्षित गरी विभिन्न बैंकिङ तथा इन्स्योरेन्स सुुविधासहितको नयाँ निक्षेप खाता सञ्चालनमा ल्याएको छ ।
मासिक न्यूनतम २५ हजार रुपैयाँ र सोही गुणांकमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्चतम ब्याजदर, निःशुल्क लकर सुविधालगाएत थुप्रै बैंकिङ सुविधाहरु रहेका छन् ।
१० लाख रुपैयाँबराबरको दुर्घटना बीमा सुविधासमेत रहेको उक्त खाता बचत प्रकृतिको भए पनि मुद्दति निक्षेपसरहको उच्चतम ब्याजदर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्