बिओके क्यापिटलमा नि:शुल्क डिम्याट खाता खोल्न पाईने



काठमाडौं। बैंक अफ काठमाण्डौ लिमिटेडको सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमिटेडले नि:शुल्क डिम्याट खाता खोल्न पाईने भएको छ।

क्यापिटलका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि बीओके क्यापिटलले निःशुल्क रुपमा हितग्राही खाता खोल्ने सुविधा उपलब्ध गराउनेछ ।

बीओके क्यापिटलको मुख्य कार्यालय तथा बैंक अफ काठमाण्डौ लिमिटेडका शाखा कार्यालयहरुमा गएर निःशुल्क डिम्याट खाता खोल्न सकिने सूचनामा उल्लेख गरिएको छ ।
निःशुल्क हितग्राही खाता खोल्दा ब्रोकर खाता, पोर्टफोलियो ट्रयाकिङ र निगरानी, साप्ताहिक शेयर बुलेटिनजस्ता सुविधाहरु पनि दिइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्