सत्तागठबन्धनको निर्णायक बैठक पनि निष्कर्षबिहिन, अर्को बैठक भोलि १० बजे




काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । बिहीबार साँझ बालुवटारमा बसेको बैठकमा गम्भीर रूपमा छलफल भएपनि कुनै निष्कर्ष भने नआएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनले संसद् सुचारुका विषयमा गम्भीर रूपमा छलफल भएको जानकारी दिए ।बैठक करिब ३ घण्टा चलेको थियो ।एमसीसी फागुन १६ गतेभित्र जसरी पनि निष्कर्ष पुर्‍याउने भन्नेबारे छलफल भएको उनले बताए ।

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक भोलि बिहान १० बजे फेरि बस्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्