बर्दियाको ओराली बजारमा सिटिजन्स बैंकको को शाखारहित बैंकिङ सेवा



काठमाडौ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दिया जिल्लाको मधुवन नगरपालिकास्थित ओराली बजारमा यही फागुन २ गतेबाट ९३ औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी चित्रबहादुर वलीलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ।

यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ। यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ इकाइबाट १३ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्