तोलामा १२ सय रुपैयाँले बढ्यो सुन



काठमाडौं।नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९६ हजार सात सय रुपैयाँ कायम भएको छ।

छापावाल सुन यसअघि ९५ हजार पाँच सय रुपैयाँ कारोबार भएको थियो। महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि एक हजार दुई सय रुपैयाँले वृद्धि हुँदै ९६ हजार दुई सय कायम भएको छ।

यस्तै चाँदीको मूल्यमा पनि आज २० रुपैयाँको मूल्यवृद्धि भएको छ। आज चाँदी प्रतितोला एक हजार तीन सय २० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्