यस्तो छ नेपाल टेलिकमको ‘भ्यालेन्टाईन डे अफर’



काठमाडौं। नेपाल टेलिकमले ‘भ्यालेन्टाइन डे’ को अवसरमा फेब्रुअरी १४ मा अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराउने भएको छ ।

आज र भोलि गरी दुई दिन उपलब्ध हुने सो अफर अन्तर्गत ४९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा उपलब्ध हुनेछ । यसका लागि ‘स्टार १४१५ स्टार ११ ह्यास ट्याग ११’ डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने कम्पनीले बताएको छ ।

यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ ।

साथै, भ्यालेन्टाइन डे कै अवसरमा फागुन २ गते एमपोसबाट गरिने २०० देखि ४९९ रुपैयाँसम्मको रिचार्जमा ५१२ एमबी डाटा र ५०० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा बोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्