टेकु अस्पतालमा कोभिडविरुद्धको खोप अभियान स्थगित
काठमाडौं। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिडविरुद्धको खोप अभियान स्थगित भएको छ।

अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएपछि खोप अभियान स्थगित गरिएको हो।
अस्पतालमा कार्यरत ५० भन्दा बढी चिकित्सक र कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि खोप अभियान एकसाताका लागि बन्द गरिएको अस्पतालले जनाएको छ।

