५ देखि ११ बर्ष उमेरका बालबालिकालाई चैतमा खोप लगाइने
काठमाडौं( सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो चैतमा यो समूहका बालबालिकालाई खोप लगाउने निर्णय गरेको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपाल लाइभलाई जानकारी दिइन्।
उक्त उमेर समूहका बालबालिकाको यकिन आँकडा निकाल्न स्थानीय सरकारहरुलाई तत्काल आग्रह गर्ने निर्णय सरकारले गरेको छ।
सरकारले १२ देखि १८ वर्ष उमेर समूहलाई पनि खोप लगाइरहेको छ। सुरुमा ज्येष्ठ नागरिक र बढी जोखिम समूहलाई खोप लगाएको सरकारले अझै पनि ५० वर्ष माथिका व्यक्तिलाई प्राथमिकता दिने भएको छ।

