प्रशान्तिका विद्यार्थीले लगाए कोभिड भ्याक्सिन
काठमाडौँ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा १२ कपनमा रहेको प्रशान्ति एकेडेमीका विद्यार्थीहरूलाई खोप लगाउने कार्यसम्पन्न भएको छ ।
नेपाल सरकारले संचालन गरेको खोप अभियान अन्तर्गत १२ बर्ष देखि १७ बर्ष उमेर समूह लक्षित खोप अभियान मा प्रशान्ती एकेडेमीका बालबालिका उक्त कार्यबाट प्रत्यक्ष लाभान्वित भएका हुन्।कक्षा ६ भन्दा माथिका लगभग सबै विद्यार्थीहरूलाई खोप लगाउने कार्य सकेको छ । केही अनुपस्थित विद्यार्थीहरूलाई खोप लगाउन बाँकी रहेको र उनीहरुलाइ पनि चाडै खोप लगाईने विद्यालयका प्रिन्सिपल समिर बास्तोलाले बताउनुभयो । उहाँ भन्नुहुन्छ ”खोप लगाउने कार्यलाई निरन्तरता दिएका छौँ । खोप लगाउने कार्य सकेपश्चात शैक्षिक कार्र्य लाइ निरन्तरता दिन्छौं ।आफुले पढ्दै आएको स्कुलमै खोप लगाउन पाएकोमा विद्यार्थी तथा अभिभावक खुसी भएका छन्।” उहॉले भन्नुभयो।अब कक्षालाई ४५ मिनेटबाट एक घन्टाको प्रत्येक दिन ३र४ घण्टा अनलाइनबाट सिफ्ट सिफ्टमा कक्षा सुरू गर्ने तयारी भईरहेको समेत जानकारी दिनुभयो ।
१८ बर्ष मुनिका बालबालिकाहरूका लागि सरकारले अनुमति दिएको फाईजर खोपको भ्याक्सिन विद्यार्थीलाई लगाउन थालिएको हो ।
काठमाडौंको कपन मध्य भागमा रहेको प्रशान्ति एकेडेमीले विगतमा पनि कोभिड मापदण्ड अनुरूप शैक्षिक कार्यक्रम अगाडि बढाउदै आएको थियो । मास्कको अनिवार्य प्रयोग तथा प्रतेक कोठामा स्यानिटाईजरको समेत व्यवस्था गर्दै आएको छ । यसैगरी कक्षाकोठामा समेत भौतिक दुरी कायम गर्दै शैक्षिक गतिविधि अगाडि बढाउदै आएको छ ।

बिगतमा विभिन्न समाजिक तथा सेवामुलक कार्य गर्दै आइरहेको यस प्रशान्ती एकेडेमिले आगामी दिनमा यस्तै र अझ अन्य समाजिक तथा अन्य कार्य संचालन गर्ने पृन्सिपल बास्तोलाले बताउनुभएको छ ।
शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको प्रशान्ति एकेडेमी गुणस्तरीय शिक्षाको आयामको रूपमा चिनिएको छ।

