स्वास्थ्य मन्त्रालयले भन्यो,-‘बालबालिकालाई निर्धक्क भएर खोप लगाउन प्रेरित गरौं’
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ वर्षदेखि १७ वर्ष सम्मका बालबालिकाहरुलाई निर्धक्क भएर कोभिड–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ ।

मन्त्रालयका सह–प्रवक्ता डा।समीर अधिकारीद्वारा जारी सूचनामा ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरसम्मका ९२०६१ मंसिरदेखि २०६६ मंसिरसम्म जन्मिएका० बालबालिकाहरुलाई यही पुस ४ गतेदेखि १४ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा लगाइने उल्लेख छ ।
त्यसैगरी सूचनामा माघ २ गतेदेखि १२ गतेसम्म मोडर्ना खोपको दोस्रो डोज लगाइने उल्लेख छ ।
‘यी खोपहरु पूर्ण मात्रामा सुरक्षित छन्, त्यसैले निर्धक्क भएर बालबालिकालाई खोप लगाउन प्रेरित गरौं, सूचनामा भनिएको छ ।
सूचनामा १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकाहरुले आफू अध्ययनरत विद्यालय अथवा नजिकको विद्यालयमा रहेको खोप केन्द्रमा गई खोप लगाउन सकिने समेत उल्लेख गरिएको छ ।

