रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हाल्ने



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन्।

मिनेन्द्र रिजालले पदबाट दिएको राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले देउवालाई रक्षा मन्त्रालयको समेत जिम्मेवारी दिएकी हुन्।

राष्ट्रपति कार्यालयबाट सोमबार जारी विज्ञप्तिमा रिजालले राजीनामा दिएपछि देउवालाई जिम्मेवारी दिइएको उल्लेख छ। ‍पार्टीको महामन्त्री पदमा पराजित भएपछि रिजालले राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्