प्रधानमन्त्री देउवाले बोलाए सर्बदलीय बैठक,एमसीसीका बिषयमा छलफल हुने



काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले आईतवार अपरान्ह ४ बजे बस्ने गरी सर्बदलीय बैठक बोलाएका छन् ।

एमसीसी सम्झौता लागू गर्नका लागि अमेरिकाले दबाब बढाएको चर्चा चलिरहेका बेला अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

बैठकमा एमसीसीलाई संसदमा पेश गर्ने विषयमा छलफल गर्ने तयारी छ । यस्तै, एमालेले गरिरहेको संसद्का दुवै सदनको अवरोध हटाउने उपायका बारेमा पछि छलफल गर्ने तयारी छ ।

एमसीसी परियोजना नेपालको संसदबाट पारित भएपछि मात्र लागू हुने प्रावधान छ । एमसीसीका बारेमा सत्तारुढ दलबीच नै मतैक्य छैन भने । अहिले मूख्य विपक्षमा रहेको नेकपा एमालेले यसबारेको आफ्नो धारणा परिवर्तन गरेको आरोप लाग्ने गरेको छ ।

आफूले कारबाही गरेका १४ जना सांसदलाई सभामुखले कारबाही गरेको सूचना टाँस नगरेको भन्दै एमालेले सभामुखले राजीनामा दिनुपर्ने भन्दै संसद् बैठक अवरुद्ध पार्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्