नेपाल बैंकको ६२ औं वार्षिक साधारण सभाबाट १७ प्रतिशत लाभांश पारित
पाल बैंक लिमिटेडको ६२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

लिमिटेडको प्रधान कार्यालय धर्मपथमा सम्पन्न बैंकको वार्षिक साधारण सभाले १७ प्रतिशत लाभांश पारित गरेको छ ।
साधारण सभा सञ्चालक समितिका अध्यक्ष सुमन राज अर्यालको सभापतित्वमा सम्पन्न भयो ।
यस अवसरमा बैंकको आर्थिक वर्ष २०७७र७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७७र७८ को नाफारनोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित भयो ।
सभाले हालको चुक्ता पूँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजा ६२४ रुपैयाँको ३ ९तीन० प्रतिशतका दरले हुन आउने ३७ करोड ९१ लाख २ हजार ७५८ रुपैयाँ ७२ पैसा नगद लाभांश ९लाभांश कर समेत० र चुक्ता पूँजीको १४ ९चौध० प्रतिशतका दरले हुन आउने १ अर्ब ७६ करोड ९१ लाख ४६ हजार २ सय ७ रुपैयाँ ३६ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
साथै, बोनस शेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पूँजीमा वृद्धि गरी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८ सय ३१ रुपैयाँ ३० पैसा कायम गर्ने र सोही बमोजिम प्रवन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८र७९ का लागि चार्टर्ड एकाउण्टेण्टत्रय नरेन्द्र भट्टराई, जगन्नाथ उपाध्याय र सुनिर कुमार ढुंगेललाई लेखापरीक्षकमा नियुक्त गर्ने लगायत साधारण सभामा पेश भएका अन्य प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको छ ।

