यी हुन् कांग्रेस सहमहामन्त्रीमा निर्बाचित हुने तीन जना,बांकी पांच क्लष्टरको गणना आज




काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनको मतपरिणाम आउने क्रम जारी छ । कांग्रेस सभापति, उपसभापति र महामन्त्रीको मतपरिणामपछि बिहिवार राती तीन क्लष्टरका सहमहामन्त्रीको मतपरिणाम निर्वाचन समितिले घोषणा गरेको छ ।

निर्वाचन समितिका अनुसार आज कांग्रेस सहमहामन्त्रीमा महिलातर्फ शेरबहादुर देउवा समूहकी महालक्ष्मी उपाध्याय डिनाु विजयी भएकी छन् । दलिततर्फ शेखर कोइराला समूहका जीवन परियार विजयी भएका छन् । जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे विजयी भएका छन् ।

सहमहामन्त्रीमा बिजयी उपाध्यायले २५३३ परियार २२११
र आङ्देम्बे २७११ मत प्राप्त गरेको समितिले जनाएको छ। आठ समूहमध्ये महिला, जनजाति तथा दलित समूहको अन्तिम परिणाम आइसकेपछि बाँकी पाँच क्लस्टरको मत गणना आज९शुक्रबार० गरिने निर्वाचन समितिले जनाएको छ।

आजको मत गणनासँगै पदाधिकारीको टुंगो लाग्नेछ। पदाधिकारीको टुंगो लागेपछि मात्र केन्द्रीय सदस्यको मतगणना सुरु हुने जनाइएको छ। आज हुने गणनाबाट खसआर्य, पिछडिएको क्षेत्र, मधेशी, मुस्लिम र थारु क्लस्टरबाट सहमहामन्त्री चुनिनेछन्।

प्रतिक्रिया दिनुहोस्