शेखर कोइरालाले गरे अब सभापतिमा नलड्ने घोषणा
काठमाडौं।नेपाली कांग्रेसको सभापतिमा पराजित भएका नेता डा। शेखर कोइरालाले अब कांग्रेस सभापतिमा प्रतिस्पर्धा नगर्ने बताएका छन् । एक टेलिभिजन कार्यक्रमलाई अन्तर्वार्ता दिँदै उनले अब युवाहरुले पार्टी र देश हाँक्ने समय आएको बताएका छन् ।

उनले कांग्रेसको १४औँ महाधिवेशनले रुपान्तरणको संकेत गरेको भन्दै आगामी दिनमा युवाहरुले कांग्रेसको नेतृत्व गर्ने बताए । अब पार्टी सभापतिमा दोहोर्याएर प्रतिस्पर्धा नगरे पनि प्रधानमन्त्रीका लागि भने आफू योग्य रहेको बताए ।
पार्टीले हाम्रालाई भन्दा पनि राम्रालाई अवसर दिनुपर्ने बताउँदै उनले आफू पार्टीमा भागबन्डा र गुटको राजनीति अन्त्य गर्ने अभियानमा लाग्ने प्रतिबद्धता जनाए ।
पार्टीका राम्रा काममा नेतृत्वलाई सहयोग र समर्थन गर्ने जनाउँदै उनले बेथितिविरुद्ध भने सशक्त दबाब दिने बताए । यसअघि पौडेल समूहमा रहँदै आएका नेता–कार्यकर्ताको नेतृत्व आफूले गर्ने समेत उनले बताए ।

