मिनेन्द्रले किन दिए मन्त्री पदबाट राजीनामा? यस्तो रहेछ कारण



काठमाडौं। रक्षामन्त्री डा। मिनेन्द्र रिजालले आफ्नो राजनीतिक पुँजी बचाइराख्नका लागि मन्त्री पदबाट राजीनामा दिएको प्रस्टीकरण दिएका छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशमा महामन्त्री पदमा पराजित भएपछि रिजालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा दिएका थिए।त्यस लगत्तै बिहीवार दिउँसो रक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा लामो राजनीतिक जीवनबाट आर्जन गरेको सम्पत्ति राजनीतिक पुँजीु बचाइराख्न आफुले रक्षामन्त्री पदबाट राजीनामा गरेको स्पष्ट पारेका हुन् । आफू राजनीतिमा हारेको वा थाकेको सिपाही नभइ दृढ निश्चयका साथ अघि बढ्न सक्ने आत्मविश्वासका साथ उभिएको पनि रिजालले उनले बताए ।

उनले भने(राजनीतिक सम्पत्ति गुमाएँ कि जस्तो लाग्यो । मैले निर्वाचन हारेको मात्रै होइन । त्यसैले पनि राजनीतिक पुँजी बचाएर राख्नुपर्छ भन्ने लागेर नै यो राजीनामा गरेको हो । अहिलेको निर्णय रक्षामन्त्री पदबाट राजीनामा दिने निर्णय मात्रै हो । त्योभन्दा अगाडि के हुन्छ सोचेको छैन । राजीनामाभन्दा पनि बढी गम्भीर व्यक्तिगत जीवनमा उतारचढाव होला तर कांग्रेस निश्चल बगिरहन्छ । यसले आफ्नो जिम्मेवारी पूरा गर्न सक्छ भन्ने गहिरो भाव र निश्चय भावका साथ म अगाडिको निर्णय गर्न सक्ने ठाउँमा उभिएको छु जस्तो लाग्छ । मैले यो विषयमा कसैसँग सल्लाह गरेको छैन । भावावेशमा होइन ।

प्रतिक्रिया दिनुहोस्