कांग्रेसको निर्बाचन प्रक्रिया आजबाट,उम्मेदवारी मनोनयन १० बजेदेखि ५ बजेसम्म



काठमाडौं।कांग्रेस महाधिवेशनको उद्घाटनसत्र र बन्दसत्र हिजो सम्पन्न भएसंगै आजबाट निर्बाचन प्रक्रिया सुरु हुंदैछ।

निर्बाचन प्रक्रिया अन्तर्गत उमेदवार मनोनयन दर्ता भोलि शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ । उमेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ भोलि साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ

कांग्रेसको जारी १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यमा उमेदवारी दिनेहरूले शुल्क बुझाउनुपर्ने भएको छ । केन्द्रीय निर्वाचन सदस्य सचिव जगन्नाथ श्रेष्ठकाअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्यमा चुनाव लड्न केन्द्रीय निर्वाचन समितिको प्रभु बैंकको खाता नम्बर ११३००७२६४३६०००२९ मा पैसा जम्मा गर्नुपर्ने छ ।

जसअनुसार सभापतिका लागि ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ तोकिएको छ ।

शुक्रबार राति संगठन प्रतिवेदन, आर्थिक प्रतिवेदन र विधानमा अड्काउ फुकाउ सम्बन्धी प्रस्ताव पारित गर्दै बन्दसत्र सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्